सार्वजनिक सवारीले बढी भाडा असुल्न थालेपछि कोसी पहाडी जिल्लामा ट्राफिककाे सक्रियता

विदुर खवास,

धनकुटा, १ फागुन । सार्वजनिक यातायातका सवारीले तोकिए भन्दा बढि भाडा असुल्न थालेको गुनासो आएपछि कोसी पहाडी जिल्लामा ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।

सार्वजनिक यातायात मर्यादित बन्न नसकेको, भाडा तथा आरक्षणको ब्यबस्थामा मनोमानी भएको जनगुनासो बढेपछि सार्वजनिक सवारीमा अनुगमन बढाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियामक निकायको वेवास्ताका कारण जिल्ला सदरमुकाम जोड्ने मुख्य राजमार्गमा तोकिएकै दरको भाडा उठाउने गरिएको पाइए पनि कतिपय ग्रामिण रुटमा ब्यबशायीले दोब्बर भाडा लिने गरेको यात्रुहरुको गुनासो छ ।

ब्यबशायीले धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभा चल्ने यातायातका ठूला साना सवारिले यात्रुलाइ गन्तब्यसम्मको टीकट समेत उपलब्ध गराउँदैनन् । जेष्ठ नागरिक, महिला, अपाङ्ग÷अशक्तका लागि ब्यबस्था गरिएको आरक्षणको ब्यबस्था समेत लागु हुन नसकेको यात्रुहरुको गुनासो छ ।

Top