‘शीर्ष नेताको पनि दर्दनाक अन्त्य हुन सक्छ’

काठमाडौं । फागुन १ गते २०५२ सालमा तत्कालिन नेकपा माओवादीले जनयुद्धका नाममा थालेको सशस्त्र द्धन्द्ध यो मुलुकमा ११ वर्षसम्म चल्यो । तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरू गरेको २२ वर्ष पूरा भएको छ । १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए । जनयुद्ध १० वर्ष पछि शान्ति प्रकृयामा प्रवेश गरेपछि जनयुद्धका सुत्रधार पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच नै विचलन आएपछि मोहन बैद्य र नेत्र विक्रम चन्दको नेतृत्वमा अहिले अलग-अलग पार्टी बनाएका छन् ।

संविधानसभाबाट संविधान निर्माण भएको छ र गणतन्त्र संस्थागत हुने दिशामा देश अगाडि बढेपनि सो अनुसार काम हुन सकेको छैन । माओवादी जुन उदेश्यका साथ युद्धमा गएको थियो त्यो उदेश्य पूरा भयो त ? माओवादी केन्द्रका युवा नेता हेमराज भण्डारीसँग वाणी बहसमा गरिएको कुराकानीको सम्पादित अंशः

११ वर्षे जनयुद्धलाई फर्केर हेर्दा के पाउँनु हुन्छ अहिले ?
अब पुरानो व्यवस्थाप्रतिको आक्रोस, उत्पिडनको ज्वरभाटा र छटपटी त्यो जनयुद्धमा प्रकट भयो र त्यो जनयुद्धमा हजारौं नेपाली जनताका छोरीछोरीको बलिदान भयो । रगत, पसिना र आशु मिस्सिएर आजको यो परिवर्तन सफल भएको छ । यसलाई हामीले परिवर्तन भनेका छौं, अहिले ।

त्यो रगत र पसिना, बलिदानी यही व्यवस्था देख्नका लागि उनीहरुले गरेको हो ?

होइन, त्यस्तो होइन किन भने त्यो रगत र पसिनासँग मिस्सिएर आएका जनताका आकांक्षा रहर र सपनाहरु आज झण्डै बेवारिसे जस्ता भएका छन् ।

होइन, त्यस्तो होइन किन भने त्यो रगत र पसिनासँग मिस्सिएर आएका जनताका आकांक्षा रहर र सपनाहरु आज झण्डै बेवारिसे जस्ता भएका छन् । हामीले परिवर्तन त लिएर आयौं ठूलो परिवर्तन हो यसलाई कम भन्न त मिल्दैन तर यसको व्यवस्थापन गर्ने र आम जनतालाई परिणाम दिने घाइते योद्धाहरुको त्यो छटपहातमा मलम पट्टी लगाउने शहिद परिवारका आँखामा आँशु होइन हाँसो ल्याउने त्यो जनता चाँहि नेतृत्वले व्यवस्थित रुपमा बनाउन सकेनौं । तर मलाई लाग्छ, निराश भएर हामीले त्यो जनयुद्धको औचित्य थिएन भन्ने ठाउँमा पनि अहिले पुग्नु हुदैन ।

तपाईले एजेण्डागत रुपमा भन्दा जनयुद्धले स्थापित गरेको एजेण्डाहरु के-के हुन् ?

अहिलेको पुँजीवाद स्वतन्त्र पुँजीवाद-राष्ट्रिय पुँजीको विकाससहितको पुँजीवाद भएन यो चाँहि दलाल पुँजीवादको रुपमा प्रकट भएको छ ।

पहिलो कुरा लामो समयदेखि नेपालमा रहेको सामन्तवादको जरालाई गाउँ–गाउँबाट हटायो र राजतन्त्रलाई ढाल्ने आधार बनायो । दोस्रो कुरा पुरानो सामन्ती उत्पादन सम्बन्धलाई यसले खलब्याइदियो र नेपालमा एउटा पुँजीवादको आधार बनायो । यद्यपी हामीले भनेजस्तो पुँजीवाद आएन, यो अहिलेको पुँजीवाद स्वतन्त्र पुँजीवाद-राष्ट्रिय पुँजीको विकाससहितको पुँजीवाद भएन यो चाँहि दलाल पुँजीवादको रुपमा प्रकट भएको छ । तेस्रो कुरा हिजो राज्यको समग्र निकायमा प्रतिनिधित्व हुने कल्पना पनि गर्न नसकेका आम जनताको कममेकम सबैको राज्यको नीति निर्माणमा समान प्रतिनिधित्व हुने समानुपातिक, समावेशी सिद्धान्त स्थापित गर्यो । तर हामीले जनयुद्ध गर्दैगर्दा जुन परिकल्पना थियो –अब परिवर्तनका लागि कोहि पनि नेपालीले रगत बगाउनु नपरोस्, पसिना बगाए पुग्ने वा आवाज बोले पुग्ने गरी हुने व्यवस्था हामी स्थापित गर्न चाहन्थ्यौं त्यो अझै पूरा भएको छैन ।

तपाईले यसो भनिरहँदा जे भनेर साहदत दिन लगाइयो त्यो रगत त साच्चै खेर गयो भन्छन् नी ?
अब त्यसरी खेर गयो त नभनौं तर जे भने त्यो बलिदानको मूल्य स्थापित गर्न खोजिएको थियो । त्यही चिज पूरा गर्न चाँहि सकिएको छैन ।

हैन तपाईले भन्नु भएको छ नी बुदागत रुपमा । त्यो प्राप्तिको लागि युद्ध आवश्यक थियो ?

नेतृत्व चुकेकै हो, अहिले पनि बलिदानी दिएका शहिद परिवारको आँखामा आँशु देख्दाखेरी अहिले पनि हाम्रो नेतृत्वको मन रुनु पर्छ ।

तत्कालिन अवस्थामा आवश्यक थियो नेपालमा जनयुद्ध किन भने विद्रोह बिना मुलुकमा यो परिवर्तन सम्भव थिएन । तर त्यो परिवर्तनलाई, त्यो विद्रोहलाई त्यो बलिदानीलाई पुँजीकृत गर्ने, राष्ट्रको आशा र खुशीमा बदल्ने दायित्व नेतृत्वको हो । नेतृत्व त्यहाँनिर चुकेकै हो, अहिले पनि बलिदानी दिएका शहिद परिवारको आँखामा आँशु देख्दाखेरी अहिले पनि हाम्रो नेतृत्वको मन रुनु पर्छ । कहिलेकाँही हाम्रा नेताहरुले नैतिक रुपमा कमजोरी गरे रे, हाम्रा नेताहरुको विषयमा प्रश्न उठ्योे रे भन्दा रुन मन लाग्छ । किन भने त्यती ठूलो बलिदानी गरेर आएका नेताहरु विषयमा त्यसरी प्रश्न उठ्न हुदैन थियो जस्तो आज पनि मलाई लाग्छ ।

हिजो संसदीय व्यवस्था थियो ४२ बुदे माग राखेर संसदीय व्यवस्थाको विरुद्ध संघर्ष गर्यो, आज त्यहि संसदीय शैलीजस्तै व्यवस्था छ, मुलुकमा अनि व्यवस्था परिवर्तन त भएन ?
हिजोको परम्परागत संसदीय व्यवस्था स्थापित गर्नलाइ यो गरिएको होइन, त्यसमा म सहमत छु । तर अहिले आएको व्यवस्था पनि त्यो परम्परागत संसदीय व्यवस्था होइन, यसको ढाँचा फरक छ । तपाईसँग के सहमत छु भने प्रवृतीको हिसाबले जे चिज गर्न खोजिएको छ त्यही संसदीय व्यवस्थाको पुनरावृत्ति हुन खोजिराखेको छ, यो सबभन्दा खतरानाक कुरा हो ।

तपाईहरुले हुने खानेको शासबाट हुँदा खानेको शासन ल्याउँछौं र राज्यमा सबैको आवाज बुलन्द गर्छाै भन्नु भएको थियो तर अहिले देश संघीय संरचनामा जादै गर्दा जनयुद्धको उदेश्यसँग मिल्दोजल्दो कुरा त भएन नी ?

हामीले देखेका छौं विश्वमा ठूल–ठूला शक्तिशाली तानाशाहहरु डर लाग्दो गरी ढलेका छन् । तसर्थ अहिलेका शीर्ष नेताहरुले गल्ती गर्नुभयो भने –उहाँहरुको पनि दर्दनाक अन्त्य हुन सक्छ ।

यसमा मेरो पनि फरक मत छ, यसलाई व्यवस्थापन गर्ने कुरामा नेताहरु चुके । तर मलाई लाग्छ यसबाट हामी निराश भइहाल्नु पर्ने अवस्था अहिले पनि छैन । मैले के देख्नु भने जुन नेताहरु हिजोको सैद्धान्तिक विचारबाट पछि हटे यसको मूल्य नेताहरुले चुकाउनै पर्छ । सत्ता र शक्ति भन्ने हो अस्थायी कुरा हो जिन्दगी भरी एउटैले प्राप्त गर्छ भन्ने कुरा हुदैन, हामीले देखेका छौं विश्वमा ठूल–ठूला शक्तिशाली तानाशाहहरु डर लाग्दो गरी ढलेका छन् । तसर्थ अहिलेका शीर्ष नेताहरुले गल्ती गर्नुभयो भने –उहाँहरुको पनि दर्दनाक अन्त्य हुन सक्छ ।

Top