माथिल्लो तमाकोशीः सेयर जारी नहुँदा मासिक २.६४ करोड घाटा

दोलखा, १ फागुन– माथिल्लो तामोकोशी जलविद्युत आयोजनाका लागि समयमै सेयर जारी हुन नसक्दा मासिक साढे २ करोड रुपैयाँभन्दा बढी व्ययभार थपिएको छ ।

आयोजनामा सर्वसाधारणको २५ प्रतिशत अर्थात २ अर्ब ६४ कोरोड ७५ लाख लगानी गर्नेगरी वित्तीय व्यवस्थापन भए पनि निर्माण सम्पन्न हुने बेलासम्म सेयर जारी हुन सकेको छैन ।

सर्वसाधारणमा सेयर जारी नहुँदा आयोजनाले ऋण गरेर निर्माण कार्य अघि बढाइरहेको छ । आयोजनामा ऋण लगानी गर्ने संस्थाहरुसँग वार्षिक १२ प्रतिशत व्याज तिर्ने सम्झौता छ । यो हिसाबले वार्षीक ३१ करोड ७७ लाख सर्वसाधाणबाट उठ्ने सेयरको व्याज तिर्नु पर्ने अवस्था आएको छ । अाजकाे काराेवारमा खवर छ ।

Top