बिक्दैन दूध, पुग्दैन मदिरा

गुल्मी, १ फागुन रेसुंगा नगरपालिका–१ गुल्मीकी उमा पाण्डेको घरमा दुहुनो भैंसी कहिल्यै टुट्दैन । घरखर्च चलाउने प्रमुख माध्यम उनेको दूध बिक्रीबाट भएको पैसा हो । सुसुरुमा दूध बेचेर राम्रो आम्दानी गर्दै आएका ५२ वर्षीय पाण्डे हिजोआज भने निरास छन् ।

उनले चाहे अनुसार आजभोली बजारमा दूध बिक्री हुँदैन । ‘दिनमा तीन माना दूध दैनिक बिक्री गर्छु’ उनले भनिन्, पहिलाजस्तो दूध खोज्ने ग्राहक आउन छाडे ।’ कुनै दिन घरमै ग्राहक दूध खोज्न खरिद गर्न आएको स्मरण गर्दै उनले बिक्री नभएको गुनासो गरिन ।

कुनै समय घरमा आफन्त जम्मा हुँदासमेत पहुनालाई दूधकै परिकारले स्वागत गर्ने प्रचलन थियो । दूध, मही, धियू, पनिरलगायत परिकारले पाहुनालाई स्वागत गर्ने चलन रहेको रेसुंगा नगरपालिका–४ का वेदप्रसाद गौतमले बताए ।

सदरमुकाम तम्घासको मिलन चोकमा चियापसल गर्दै आएकी सरस्वती गैतमले पनि दूधभन्दा मदिराको माग बजारमा धेरै हुने गरेको अनुभव सुनाइन । अाजकाे अन्नपूर्णमा खवर छ ।

Top