गाँउपालिकाका अध्यक्ष जिल्ला बाहिर हुँदा आवश्यक काम रोकियो

राजन रावत
सिमकोट, १ फागुन । जिल्लाका सात वटै गाँउ पालिकाका जन निर्बाचित जनप्रतिनिधिहरु जिल्ला बाहिर रहेको छन । गत माग २४ गते राष्ट्रिय सभाको निर्बाचनमा मतदान गर्न गएका गाँउ पालिकाका अध्यक्ष उपाध्यक्ष सवै जिल्ला नफर्किदा गाँउ पालिका खाली भएका हुुन ।

मतदानको पछिल्लो दिन सिमकोट गाँउ पालिकाका अध्यक्ष मात्र जिल्ला फर्केका छन भने सो पालिकाका उपाध्यक्ष सहित अन्य छ वटै गाँउ पालिकाका अध्यक्ष तथा उपाध्यक्ष जिल्ला फर्केका छैनन ।

आफू भने तत्काल जिल्ला फर्केको सिमकोट गाँउ पालिकाका अध्यक्ष पदम वहादुुर लामाले बताउनुु भयो । अध्यक्ष नहुुँदा धेरै काम रोकिने भए पछि छिट्टै जिल्लामा आएर चार वटा समस्या समधान गरि सकेको उहाँले बताउनुु भयो ।

अध्यक्षको काम बाधा अड्काउ फुुकाउ, समस्या आए समधान, नीति निर्माण गर्नु भए पनि यतिखेर छ वटा गाँउ पालिकाका अध्यक्ष तथा उपाध्यक्ष सवै जिल्ला बाहिर रहेको कारण यी काम सबै रोकिएको नागरिक समाजका सचिव दिपक भण्डारीले बताउनुु भयो ।

त्यति मात्र होइन प्रत्येक गाँउ पालिकाका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरिएकोमा सात वटै गाँउ पालिकाका उपाध्यक्ष जिल्ला बाहिर हुुँदा यो पनि रोकिएको उहाँले बताउनुु भयो । सवै गाँउ पालिकामा न्याायिक समिति गठन भै सकेको र नाम्खा र खार्पुनाथ गाँउ पालिकामा एक एक वटा केश पनि दर्ता भएको भए पनि संयोजक नहुुँदा ती केस रोकिएका छन ।

पहिले कर्मचारी मात्र हुुँदा उनीहरुको सधै जिल्ला छोड्ने भन्ने गरेको भए पनि अहिले जनप्रतिनिधिहरुले पनि त्यस्तै ब्यबहार गर्दा अव कसबाट जनताले आशा गर्ने सिमकोट गाँउ पालिका ५ का मिमसिंह नेपालीले बताउनुु भयो । निर्बाचनका बेला जनतासंग संगै बस्ने बाचा गरेर निर्बाचित भएका जिम्मेवार जनप्रतिनिधिहरु जिल्ला बाहिर बस्नुु जनताको लागि दुुखद कुुरा भएको उहाँले बताउनुु भयो ।

यो समय हिउँदे गाँउ सभा संचालन गरेर नीति निर्माण र आगामी बर्षका लागि योजना तर्जुमा गर्ने समय हो । तर, सवै गाँउ पालिकाका अध्यक्ष तथा उपाध्यक्ष जिल्ला बाहिर हुुँदा त्यो काम पनि रोकिएको छ । हालसम्म कुुनै पनि गाँउ पालिकाले हिउँदे गाँउ सभा संचालन गरेका छैनन ।

Top