मुख्यमन्त्रीका लागि सरकारी कार्यालय खाली

पोखरा , ९ माघ –  प्रदेशसभाका सांसदले शपथ ग्रहण गरेसँगै प्रदेशसभा हललगायत अन्य पूर्वाधारको तयारी युद्धस्तरमा भइरहेको छ ।

मन्त्रिपरिषदको कार्यालयको निर्देशनअनुसार कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी प्रदेश प्रमुखको कार्यालय, सचिवालय, निवासलगायत मुख्यमन्त्री, मन्त्रीको कार्यालय र बासको तयारीमा खटिएका छन् ।

आइतबार मात्रै सहिदचोकस्थित अध्यागमन कार्यालय खाली गराएर प्रदेश प्रमुखको कार्यालय कायम गराइएको थियो । प्रदेश प्रमुख बाबुराम कुँवरले सोही भवनमा कार्यभार सम्हालेर प्रदेशसभाका ज्येष्ठ सांसदलाई शपथ खुवाएका थिए ।

यसैगरी सोमबार जिल्ला भूसंरक्षण कार्यालयका १० कोठा खाली गराइएको छ । त्यहाँ प्रदेश मुख्यसचिवको निवास राखिनेछ । आजको कान्तिपुरमा खबर छ ।

Top