फ्रान्समा कैदीबन्दीले नै आक्रमण गर्न थालेपछि कारागारका सुरक्षाकर्मी आन्दोलित

एजेन्सी,९ माघ । कारागारमा रहेका कैदीबन्दीले आक्रमण गर्न थालेपछि फ्रान्सेली कारागार सुरक्षाकर्मीहरुले देशब्यापी आन्दोलन गरेका छन् ।

कारागारको सुरक्षा प्रत्याभूति र ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै सरकारसँग भएको वार्ता उपलब्धीमूलक नभएपछि उनीहरु आन्दोलित भएका हुन् ।

फ्रान्सका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । तर कैदीबन्दीको तुलनामा कम मात्र सुरक्षाकर्मी परिचालन गरिएपछि कारागार सुरक्षाकर्मीले विरोध गर्दै आएका छन् ।

यसैबीच फ्रान्सका न्याय मन्त्री निकोल बेलोबेटले आन्दोलनरत पक्षसँग छलफल गर्न बोलाए पनि कारागार युनियनले अस्वीकार गरेको छ ।

Top