ढोरपाटन महिला डलब लिग भलिबलमा पुलिसको दोस्रो हार

काठमाडौ ९ माघ ।  १३ औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो हार ब्यहोरेको छ । यसअघि एपीएफसँग हारेको पुलिसले आजको खेलमा न्युडायमण्ड एकेडेमीसँग पराजय भोग्यो ।

 

गोंगबुस्थित नयाँ बसपार्कको कोर्टमा भएको खेलमा न्युडायमण्डले पुलिसलाई ३–१ को सेटमा हरायो । पहिलो र दोस्रो सेटमा २५–१७ र २५–१५ को सहज जित निकालेको न्युडायमण्डलाई तेस्रो सेटमा भने पुलिसले बलियो चुनौती दियो । तेस्रो सेट पुलिसले २९–३१ ले जित्दै खेलमा फर्किने प्रयास गरेको थियो ।
तर, चौथो सेटमा न्युडायण्ड पुनः खेलमा फर्किँदै २५–१७ ले विजयी भयो । मंगलबार कै अर्को खेलमा श्रीगाउँ खेलकुद विकास समितिले पारामाउण्ट हाइ स्कुललाई र टप्स स्कुलले मेघौली स्पोर्टस क्लबलाई समान ३–० को सहज सेटमा पाखा लगाए । यस्तै पूर्वाञ्चल भलिबल संघको टिमले न्युडायमण्ड स्पोर्टस क्लबलाई ३–१ को सेटमा हरायो ।

Top