आवश्यक तयारी गर्न सशष्त्र प्रहरीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं ९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले बदलिँदो सुरक्षा चुनौतिलाई सामना गर्नेगरी आवश्यक तयारी गर्न सशष्त्र प्रहरी बललाई निर्देशन दिनु भएको छ । निर्वाचन सम्पन्न भएसँगै मुलुक नयाँ कालखण्डमा प्रवेश गरेकाले सशष्त्र प्रहरी बललाई पनि थप सुदृढ बनाउन नेपाल सरकार उपयुक्त नीति र योजना तर्जुका गर्न लागि परेको उहाँले स्पष्ट पार्नु भयो ।

आज १७ औं सशष्त्र प्रहरी दिवसको अवसर पारेर काठमाडांैको हलचोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशष्त्र प्रहरी बलको चेन अफ कमान्डमा असर नपर्ने गरी आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

Top