८५ प्रतिशत उजुरी आर्थिक अपराधसँग

काठमाडौं,३० पुस– नेपाल प्रहरीमा दर्ता भएका करिव ८५ प्रतिशत उजुरी आर्थिक अपराधसँग जोडिएका छन् । तथ्यांक अनुसार कुल उजुरीको ८५ देखि ९० प्रतिशत हिस्सा बैंकिङ कसुर, ठगी, अंशवण्डा विवाद, चोरीडकैती, जर्बजस्ती चन्दा फिरौती असुल, चेक बाउन्स लगायतका वित्तीय अपराधका घटनासँग सम्बन्धित छन् ।

प्रहरीका अनुसार वित्तीय अपराधबाट बार्षिक १८ देखि २० अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको दावीसहित संस्थागत र व्यक्तिगत रुपमा उजुरी पर्ने गरेको छ ।

व्यक्ति हत्या, अपहरण, चोरी डकैती, बैंक वित्तीय संस्थाको रकम हिनामिना, चेक बाउन्स, अवैध हातहतियार तथा लागूपदार्थ ओसारपसार, सुन तस्करी विदेशी मुद्रा अपचलन देखि अंशवण्डा र वैदेशिक रोजगारीका नाममा ठगी पछिल्ला दिनहरुमा हुने गरेका आर्थिक अपराध भएको प्रहरीले जनाएको छ । आजको कारोबारमा खबर छ ।

Top