हुम्लामा फैलिएको भाइरललाई नियन्त्रण गर्न स्वास्थ्यकर्मी घरघरमा

राजन रावत
हुम्ला,३० पुस । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाँउ पालिकामा फैलिएको भाइरललाई नियन्त्रण लिन स्वास्थ्यकर्मीले घरघरमा सेवा दिन थालेका छन । गाँउ पालिका र जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको गैर सरकारी निकाय फेज नेपालले घरदैलो मै उपचार सेवा दिने नीति लिए पछि स्वास्थ्यकर्मीहरु विरामीको घरदैलो मै गएर उपचार सेवा दिन थालेका हुुन ।

रुघाखोकी लागेर थला परेकी ताँजाकोट गाँउ पालिका वडा नम्वर ३ की हिरामति हमालले स्वास्थ्यकर्मी घरमै आएर चेकजाँचका साथै औषधी दिदा विरामीमा केही कमी आएको बताउनुु भयो । रुघाखोकी संगै झाडा पखाला लागेर विरामी हमालले यस्तो सेवा पहिलो पटक उपलव्ध गराएकोमा स्वास्थ्यकर्मीप्रति खुुसी व्यक्त गर्नुु भएको छ । यता ताँजकोट १ की विष्णुुमता जैसीलाई सुुरुमा टाउको र घाँटी दुख्नेबाट शुुरु भएको विमार पनि स्वास्थ्यकर्मीले घरमै आएर उपचार दिदा केही विशेक भएको बताउनुु भयो ।

हमाल र जैसी नमूुना मात्र हुुन हुम्ला जिल्लाको ताँजाकोट गाँउ पालिकामा फैलिएको भाइरलका विरामी, यस्ता विरामीहरु सयौ भएको र संभव भएसम्म प्रत्येक विरामीको घर घरमा गएर उपचार सेवा दिई रहेको फेज नेपाल हुम्लाका अनमी न्यूटन श्रेष्ठले बताउनुु भयो ।चिसो तथा धुुवाँधुुलोको कारण ताँजाकोट गाँउपालिकामा फैलिएको रुघाखोकीले भाइरलको रुप लिए पछि स्वास्थ्य चोकीका इन्चार्ज एच.ए. धनराज हमालको नेतृृत्वमा सात सदस्यीय स्वास्थ्यकर्मीको टोलीले घरदैलोमा गएर उपचार सेवा दिने सल्लाह अनुसार विरामीका घरघरमै स्वास्थ्यकर्मीले उपचार दिनेक्रम जारी रहेको अनमी श्रेष्ठलेबताउनुु भयो ।

हालसम्म १, ३ र ४ वडाका घरमै गएर उपचार दिने क्रम सकिएको र यस क्रममा पाँच सय १७ जनालाई उपचार गरिएको उहाँले बताउनुु भयो । कुुल उपचार गरिएका विरामी मध्य दुुई सय ८८ जनाा महिला र दुुई सय २९ जना पुुरुष रहेको उहाँले बताउनुु भयो । आगामी माघ २ गतेवाट हाल चेकजाँच भएका विरामीको लागि घरदैलो मै गएर फ्लोअप गर्ने कार्यक्रम पनि सुुरु गरिने उहाँले बताउनुु भयो ।

विरामीको चेकजाँच तथा औषधी निशुुल्क रुपमा उपलव्ध गराइएको छ । पालिकाका ६ वटा वडा मध्य वाँकी २, ५ र ६ वडामा कम भाईरल फैलिएको हुुँदा भएका विरामीलाई स्वास्थ्य चौकी मै उपचार गर्ने गरेको स्वास्थ्य चौकी इन्चार्ज एच.ए. धनराज ढकालले बताउनुु भयो । यो विचमा स्वास्थ्य चौकीले पनि ६ सय ५० जना भाइरल तथा अन्य रोगका विरामीहरुको उपचार गरेको र भाइरलबाट हालसम्म कुुनै विरामीको मृृत्युु नभएको उहाँले बताउनुु भयो ।

सुुरुका दिनमा स्वास्थ्य चौकीमा ५० देखि ६० जना दैनिक विरामी आउने गरे पनि हाल भने त्यो संख्या १७ देखि १८ जनामा झरेकोले भाइरलको प्रकोपमा केही कमी आएको उहाँले बताउनुु भयो । भाईरलबाट बढि केटाकेटी तथा बुढाबुढीहरु प्रभावित भएको र उनीहरुमा निमोनिया, दम, झाडा पखाला, रुघाँखोकी, ग्याष्टिक र टाउको दुुख्ने जस्ता रोहरु भएको स्वास्थ्य चौकीले जनाएको छ । ताँजाकोट गाँउपालिका सदरमुुकाम सिमकोटवाट पैदल चार दिन लाग्ने र शनिबार मात्र जिल्ला अस्पतालबाट पनि स्वास्थ्यकर्मीको एक टोली प्रकोप स्थलमा पुुगेको पालिकाका कम्प्युुट अप्रेटर जगत बहादुुर शाहीले बताउनुु भयो ।

Top