हुम्लामा ऋणबाट आयोजना मर्मत गरेपछि बिद्युुत सुुचारु

राजन रावत

हुम्ला,३० पुस । स्थानीय बासिन्दाहरुले ऋणमा लघुु जलबिद्युत आयोजनाको मर्मत गरे पछि हेक्पा खोला लघुुजल बिद्युुत आयोजना बिग्रेको एक वर्ष पछि सुुचारु भएको छ । पावर हाउसमा रहेको नयाँ मेशिन जडान तथा मर्मत भएपछि बिद्युुत सुुचारु भएको हो ।

स्थानीय उपभोक्ताहरुले तीन लाख ६५ हजार ऋणद्धारा लघुु जलबिद्युत आयोजनाको नयाँ मेशिन जडान तथा मर्मत गरे पछि बिद्युुत सिमकोट गाँउ पालिका वडा नम्वर ७ को तीन वटा वस्ती, धारापोरी, चौगानफया र पाम्लाथुुङका १ सय ६० घरधुुरीमा बिद्यत सुुचारु भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दिप बहादुुर सिंहले बताउनुु भयो ।

यसबाट एक वर्षदेखि बिद्यत सेवाबाट बंचित स्थानीय बासिन्दाहरु लावान्भित भएको उहाँले बताउनु भयो । २० किलोवाट क्षेमताको सो बिद्युुत आयोजनाको पावर हाउसमा रहेको टरवाईन रनर, वेयारिङ, वाटर भल्व, फ्लोअप भल्व, इएसजी वोर्ड बिग्रेको र सोको मर्मत गरे पछि बिद्युुत सुुचारु भएको आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष सिंहले बताउनुु भयो ।

गौतम इनर्जी इन्जिनीयरिङले मर्मत कार्य गरेको र यसका लागि निर्बाचन क्षेत्र बिशेष पुर्बाधार बिकास कार्यक्रमबाट १० लाख बजेट बिनियोजित गरिएको भए पनि नयाँ मेशिन जडान तथा मर्मत गर्दा १३ लाख ६५ हजार खर्च भएको र त्यसमा बढि खर्च भएको ३ लाख ६५ हजार मर्मत ऋणबाट खर्च गरिएको आयोजनाले जनाएको छ । सो ऋण तिर्नका लागि कतै खोज्ने वा प्रत्येक उपभोक्ताबाट तिराउने पछि निर्णय गरिने भएको छ । लघुु जलबिद्युुत आयोजना सामुदायीक रुपमा संचालन हुुँदै आएकोले प्रतिघरधुुरी मासिक ८० रुपैया शुल्क लिने गरिएको छ ।

Top