वसन्तपुर बजारमा खानेपानीको समस्या

विनोद सिंह विष्ट ।
बैतडी, ३० पुस – बैतडीको पुर्चाैडी नगरपालिकाको मुख्य बजारको रुपमा रहेको हाट वसन्तपुर बजारमा खानेपानीको समस्या भएको छ ।

नगरपालिकाको केन्द्र समेत रहेको हाट वसन्तपुर बजारमा खानेपानीको समस्या हुँदा नदीको दुषित पानी प्रयोग गर्नुपरेको मेडिकल सञ्चालक अम्बादत्त अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो“ दुषित खानेपानीकै कारण विभिन्न रोगहरु लाग्ने भएपनि होटेल व्यवसायी र अन्य व्यापारीहरु समेत नदीकै दुषित पानी प्रयोग गर्न बाध्य छन ” निर्वाचनका बेला वसन्तपुर बजारमा खानेपानी र सार्वजनिक शौचालय निर्माणका लागि सबै राजनीतिक दलहरुले प्रतिबद्धता जनाएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको स्थानिय अनिरुद्र जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘वसन्तपुर बजार पुर्चौंडी नगरपालिकाको मुख्य बजार भएपनि खानेपानीको अभावमा निकै समस्या झेल्नुपरेको छ ।’

Top