राष्ट्रिय गौरवका आयोजनाको गति झनै सुस्त

काठमाडौं,३० पुस–  पछिल्लो समयमा आर्थिक समृद्धिका लागि विकास निर्माणलाई जोड दिनु पर्ने आवाज उठिरहेको बेला ठूला राष्ट्रिय गौरवका आयोजनाको निर्माण भने झनै सुस्त हुन पुगेको छ ।

सरकारले वर्षोदेखि राष्ट्रिय गौरवको नाम दिँदै आएका आयोजनको निर्माण कार्यमा सुस्तता बढ्दा समेत तीब्रता पार्ने प्रयास गरिएको पाइँदैन । जबकि सर्वसाधारणले कम्तिमा ठूला र गौरवका आयोजनाको निर्माण कार्य चाँडो सक्नुपर्ने माग गर्दै आइरहेका छन् ।

सरकारको नेतृत्वदायी तहमा रहेका राजनीतिक दलका नेता र आयोजनाका हर्ताकर्ता बनेका कर्मचारीले गौरवका आयोजनालाई सधै प्राथमिकता दिएको दाबी गर्ने गरे पनि व्यवहारमा त्यस्तो देखिएन सकेको छैन ।

सरकारले घोषणा गरेका २१ वटा गौरवका आयोजनाको पछिल्लो भौतिक र वित्तीय प्रगति हेर्दा निराशाजनक पाइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Top