यी हुन सरकारले एक साताभित्र गर्नुपर्ने मुख्यकाम

काठमाडौं,३० पुस–  निर्वाचन आयोगको परामर्शमा अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकिएपछि आयोगले निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ ।

मतदातामध्ये प्रदेशसभाका सदस्य निर्वाचनको अन्तिम परिणाम आउन बाँकी छ । अब सातौं दिनमा मतदाता नामावली सार्वजनिक हुनुअघि केही महत्वपूर्ण काम सम्पन्न भएको हुनुपर्ने छ ।

एक सातामा प्रदेश प्रमुखको नियुक्ति र शपथ,प्रदेशको अस्थायी राजधानी,प्रदेश प्रमुखको कार्यालय भवन र सचिवालय,प्रदेशसभाको अन्तिम परिणाम राजपत्रमा प्रकाशन र प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण । आजको हिमालय टाइम्समा खबर छ ।

Top