कालिकोटका सबै तहको प्राथमिकतामा सडक !

साधना शाही
कालिकोट, ३० पुस – कालिकोट जिल्लाका ९ वटा स्थानीय तहहरुले सडक निर्माण पहिलो प्राथमिकतामा राखेका छन् । सडक सञ्जालले सबै ठाउँमा नजोडेका कारणले सडक सञ्जाल पहिलो प्राथमिकतामा राखेका हुन् ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिका, तीलागुफा नगरपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, सान्नित्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, पलाता गाउँपालिका, महावै गाउँपालिका र कालिका गाउँपालिकाहरुले सडकलाई पहिलो प्राथमिकतामा राखेका छन् । गाउँपालिका र नगरपालिकाको सेवा केन्द्र र राष्ट्रिय सडक सञ्जालसँग जोडिन स्थानीय तहहरुले पर्यटकीय सडक कृषि सडक लगायतका क्षेत्र पहिलो प्राथमिकतामा राखेका हुन् ।

निर्वाचनमा सडक, बिद्युत, कृषि लगायतका क्षेत्रको विकास गर्ने नारा दिएका जनप्रतिनीधिहरुले स्थानीय तह गठन भएसँगै पहिलो प्राथमिकतामा सडक राखेको बताएका छन् । कालीकोटका ९ वटा स्थानीय तह मध्ये हाल खाँडाचक्र, तीलागुफा र रास्कोट नगरपालिकामा मात्र सडकले छोएको छ भने पलातामा ग्रामीण पहुँच कार्यक्रमले केही दिनमा सडक सञ्चालन गर्ने तयारी गरिरहेको छ भने अन्य स्थानीय तहमा सडक पुगेको छैन ।

जिल्लाको नरहरीनाथ गाउँपालिकाले २ बर्ष्भित्र गाउँपालिका सबै वडाहरुमा सडक पु¥याउने लक्ष्यसहित आर्थिक बर्ष २०७४-०७५ मा ६ करोड रकम बिनियोजन गरेर खुलालु–लालु–माल्कोट हुदैँ रुप्सा र लालीघाट–कोटवाडा–कुमालगाउँ हुदैँ रुप्सासम्म सडक निर्माणको कार्य अगाडी बढाइएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले बताउनुभयो । सडकलाई पहिलो प्राथमिकतामा राख्दै रास्कोट नगरपालिकाले १ करोड ५० लाख बिनियोजन गरेकोे छ भने पचालझरना गाउँपालिकाले ४ करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

जिल्लाका सबै ठाउँमा सडकले नछोएका कारणले ग्रामीण कृषि सडक पहिलो प्राथमिकतामा रहेको त्यो नभएसम्म नगरपालिकाको विकास आयस्रोत बृद्धि नहुने रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताउनुभयो । गाउँपालिका सबै ठाउँमा ५ बर्ष्भित्र सडक सञ्जाल पु¥याउने लक्ष्य रहेको क्रमिक रुपमा बजेटको त्यसरी व्यवस्थापन गर्न लागिएको पचालझरना गाउँपालिकाका अध्यक्ष खड्कबहादुर सेजुवालले बताउनुभयो ।

कालिका गाउँपालिकाकाले सडक गाउँपालिकाको केन्द्रसम्म पु¥याउन सेरीघाट–भर्ता र सुकाटिया सडकखण्डमा डोजर लगाएर सडक निर्माणको कामलाई तीब्रता दिएको गाउँपालिकाले जनाएको छ ।

Top