मेडिकल शिक्षामा सुधारको संकेत

काठमाडौं,३० पुस– गत वर्षसम्म एमबीबीएसको तोकिएको शुल्कभन्दा बढी लिएको गुनासो चौतर्फी आएको थियो । मेरिटका आधारमा भन्दा जसले बढी शुल्क बुझाउन सक्छ, उसैले भर्ना पाउँथ्यो ।

यस्तामा न्यून अंक हुने र पैसा हुनेलाई कलेजले सिधै भर्ना लिन्थ्यो । डा. गोविन्द केसीले मेरिटका आधारमा भर्ना गर्नुपर्ने माग हरेक अनशनमा राखे । कार्यान्वयन जटिल थियो ।
डा. जगदीश अग्रवालको नयाँ ‘टिम’ चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) प्रवेश गरेपछि मेरिट र तोकिएकै शुल्कमा भर्ना गर्ने व्यवस्थामा कडीकडाउ गरे ।
यही व्यवस्थाअनुसार धमाधम भर्ना भइरहेको छ । आईओएमले लिएको प्रवेश परीक्षामा जसको धेरै अंक छ, उसलाई क्रमश: बोलाएर काउन्सिलिङ गरेर कलेज रोजाइन्छ । निश्चित दिनभित्र भर्ना गरिसक्नुपर्ने, सरकारले तोकेको शुल्कको ५० प्रतिशत कलेजको खातामा जम्मा गर्नुपर्ने व्यवस्था मिलाइएको छ । शुल्क बुझाएको रसिदसहित अनलाइनमार्फत भर्ना गर्ने व्यवस्था गरिएको छ । आजको कान्तिपुरमा खबर छ ।
Top