भाईरल ज्वरोका कारण मुगुमा एक जनाको मृत्यु

नन्द बहादुर रोकाया

मुगु,३० पुस । मौसमी रुगाखोकी भाईरल ज्वरोले मुगुमा एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालीका वडा नं ८ भ्यारी गाउँका ४२ बर्षीय खड्क रावलको भाईरल ज्वरोले मृत्यु भएको स्थानीय रत्न रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भाईरल ज्वरो रुगाखोकीकै कारण एकै घरका तीन चार जना बिरामी छन । मुगुमा भाइरल ज्वरोको प्रकोप कायमै रहेको र दुई महिना अघिदेखि फैलीएको भाइरल जरोको प्रकोप केहि कम भएपनि पुर्ण रुपमा निर्मुल नभएको स्थानीय बताउँछन् ।भाइरल ज्वरोको संक्रमण फैलदै गएको छ । छायाँनाथ रारा नगरपालिकाका देविप्रसाद रावलका अनुसार मुगुमा भाईरलको प्रकोप कायमै छ । स्थानीय त्रसित छन तर सम्बन्धित निकायलाइ चासो दिन आग्रह गर्दा पनि अटेरी गरेको गुनासो पोखेका छन ।

जिल्ला स्वास्थ्य कार्यलय मुगुका मेडिकल अधिकृत ज्ञानेश्वर श्रेष्ठका अनुसार भाईरल ज्वरोकै कारण मृत्यु नभएको दाबी गरे । तर उनले अन्य व्यक्तिको तुलनामा भाईरल ज्वरोको संक्रमण देखिएका वृद्धवृद्धामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले मृत्यु भएको हुन सक्ने बताएभ्यारी गाउँमा भाईरलकै कारण मृत्यु भएको खबर कार्यालयमा नआएको र यस बारे बुझ्ने कार्य जारी रहेको जानकारी दिए ।

यस्तो बेला दिर्गरोगी, दम,पिनासका बिरामीहरुलाई धेरै बाहिर नहिंड्न उनले आग्रह गरे । बालबालिकालाई सकेसम्म घरमै राख्न तथा अरु सचेतताका उपाय अपनाउन र समस्या भए तुरुन्तै नजिकै रहेका स्वास्थ्य संस्थामा पुग्न उनको सुझाव छ ।

Top