पुर्कोटको प्रचारमा जुटे फलेवास नगरपालिका स्थानीय

संगीता केसी ।
पर्वत, ३० पुस – पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित पुर्कोटलाई पर्यटकिय गन्तव्य वनाउन स्थानीयवासी जुटेका छन् ।

वाईसे चौविसे भरौटे राजाहरुले राज्य गरेको कोट र जिल्लाकै उच्च स्थानमा रहेको क्षेत्र भएकाले यसको प्रचार गरि पर्यटक भित्राउन उनीहरु कसिएका हुन् । ऐतिहासिक स्थल भएर पनि प्रचार नहुँदा ओझेलमा परेको महसुस गरि प्रचार र संरक्षणमा लागेको स्थानीय धनवहादुर थापाले वताउनुभयो । थापाको संयोजकत्वमा गठन भएको कोट संरक्षण तथा प्रचारप्रसार समितिले कोटको गुरुयोजना तयार पारि यसको प्रचार गर्ने काम थालेको जनाइएको छ ।

पहिलो वर्ष यहाँ रहेको मौलो, ईनार, पोखरी, ओखल जस्ता दस्तावेजको अभिलेख तयार पार्ने, स्थानीय तहमा संरक्षण योजना पेश गर्ने, देशविदेशमा रहेका व्याक्तिहरु संग समन्वय गरि आर्थिक संकलन गरेर र प्रचार प्रसार गर्ने योजना अगाडी वढाइएको छ । जिल्लाका अन्य कोटहरु केहि दस्तावेज नभएर पनि प्रचारकै आधारमा चर्चित रहेका छन् । पुर्कोटमा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि कोटको ऐतिहासिक महत्व र आगामी दिनमा गर्न सकिने कार्यहरुको वारेमा सरोकारवालाहरुको विचमा छलफल भएको थियो ।

उक्त अवसरमा वोल्दै स्थानीय अगुवा यज्ञवहादुर खत्रीले पुर्कोटमा अहिले पनि पराम्परागत ओखल, पाटिपौवा, इनार र पोखरी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पाकापुस्ताहरुले यहाँ भरौटे राजाहरुले राज्य गर्ने वेलामा घरेलु उपकरण, ओखल, ईनार जस्ता मानिसहरुले आँखाले नै यहाँका एतिहासिक प्रमाण देख्न सक्ने भएपनि यो क्षेत्र ओझेलमा रहेको वताउनुभयो । अवको पुस्ताले यसलाई प्रचार र संरक्षण गर्नुपर्ने खत्रीले वताउनुभयो ।

उक्त अवसरमा स्थानीय दलवहादुर दर्जी, पूर्णवहादुर दर्जी लगायत एक दर्जन सरोकारवालाहरुले एतिहासिक क्षेत्रको रुपमा रहेको भुमेकोटको संरक्षण गर्न माग गरेका छन् । स्थानीय सञ्चारमाध्यमका पत्रकारहरुले पनि यहाँको प्रचारमा सकेजति सहयोग गर्ने वताएका थिए । यो क्षेत्रमा प्याराग्लाईडिङ गर्न सकिन्छ, पदमार्गको रुपमा पनि प्रयोग गर्न सकिन्छ भने यहाँ भ्यूटावर वनाएर अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी हिमाल, पर्वतका आधा जति गाविस, सदरमुकाम कुश्मा, वागलुङको सदरमुकाम, म्याग्दीका गाउँहरु स्पष्ट देखिन सकिन्छ ।

सदरमुकाम कुश्मावाट २ घण्टाको पैदल यात्रा र सवारीवाट १ घण्टामा पुगिने पुर्कोटमा पोखरावाट कार्किनेटा हुँदै सडकमार्ग वाट पनि ३ घण्टामा पुग्न सकिन्छ । पञ्चासे र डहरेदेउरालीलाई समेटेर कुश्मावाट पदमार्गको रुपमा यो क्षेत्रलाई समेट्ने हो भने यो क्षेत्र उत्कष्ठ गन्तव्य वन्न सक्ने स्थानीय गंगावहादुर थापाले वताउनुभयो । त्यसको लागि भने आफैँले पहल गर्नुपर्छ भनेर यूवाहरु सक्रिय वनेको थापाले वताउनुभयो । कुश्मावजारमा नेपालर्कै अग्ला पुल वनेका छन् भने निकट भविष्यमा विश्वकै ठूलो वञ्जिजम्प निर्माण हुँदै छ ।

सदरमुकाम आउने पर्यटकलाई पदमार्गको समेत प्याकेज समाबेश गरेर पुर्कोट हुदै डहरेदेउराली र पञ्चासे हुँदै डिमुवा झर्ने योजना वनाउन जिल्ला स्थित पर्यटन विकास समितिलाई ध्यानाकर्षण गराएको थापाले वताउनुभयो ।

Top