धुर्मुस सुन्तली फाउन्डेसनद्वारा झापामा कम्बल वितरण

झापा,३० पुस । कलाकार सिताराम कट्टेल धुर्मुसले गृह जिल्ला झापाका दुई सय विपन्न घर परिवारलाई पनि न्यानो कपडा वितरण गर्नु भएको छ । शितलहरले जनजीवन कष्टकर भईरहेका बेला कला धुर्मुसले विर्तामोडस्थित मुसहर र सन्थाल बस्तीका २ सय विपन्न परिवारलाई पनि कम्बल बाँड्नु भएको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले आईतबार विहानबाट झापामा पनि न्यानो कपडा वितरण अभियान शुरू गरेको हो । चिसोका कारण गरिब समुदायको जीवन कष्टकर बन्न गएकाले राहत वितरण पनि शुरू गरिएको कलाकार कट्टेल धुर्मुसले बताउनु भयो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले चिसो र शितलहरका कारण तराईका विभिन्न जिल्लामा ज्यानै जान थालेपछि न्यानो कपडा वितरण अभियानशुरू गरेको हो । चिसो प्रभावित अन्य जिल्लामा पनि राहत वितरण गरिने फाउन्डेसनका संस्थापक कलाकार कट्टेल धुर्मुसले जानकारी दिनु भयो ।

Top