दाङमा मंगलबारदेखि राष्ट्रिय फुटबल प्रतियोगिता हुने

काठमाण्डौँ,३० पुस । माघ २ गते मंगलबारदेखि दाङमा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत पुरुष फुटबलका खेल दाङमा हुन लागेको हो ।

६ गतेसम्म चल्ने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ वटा विभागीय टिम गरी ८ टोलीको सहभागिता रहने छ । नकआउट प्रणालीमा हुने खेलहरु दाङको तुलसीपुर र घोराहीमा हुने फुटवल संघ दाङले जनाएको छ ।

Top