जाजरकोटको जुनीचाँदेमा इन्फ्लुएन्जा भाइरल

काठमाडौं,३० पुस–जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको रोग भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । काठमाडौंस्थित रोग नियन्त्रण महाशाखाको प्रयोगशालामा बिरामीको नमुना परीक्षणपछि उक्त पुष्टि भएको हो ।

प्रयोगशालामा बिरामीको खकार, सिंगान र र्‍याल परीक्षण गर्दा ए टाइपको ‘एच थ्री एन टु’ भाइरस देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जानकारी दिए ।
५ नमुनामध्ये एउटामा उक्त जीवाणु फेला परेको आचार्यले बताए । तर इन्फ्लुएन्जा जटिल खालको महामारी नभएको उनले बताए । ‘इन्फ्लुएन्जा पनि संक्रामक रोग भएकाले तत्काल उपचार तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउनैपर्ने हुन्छ,’ उनले भने ।
रोग प्रभावित क्षेत्रबाट ५ जना बिरामीको खकार तथा सिंगानलगायत नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा एक जनामा उक्त भाइरस देखिएको उनले बताए ।  आजको कान्तिपुरमा खबर छ ।
Top