फाइनल प्रवेशका लागि सुदूरपश्चिम -११ र एपीएफ खेल्दै

काठमाडौं, ३० पुस – धनगढिमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाईनलमा आज आयोजक सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली बीचको प्रतिस्पर्धा धनगढिस्थित स्थानीय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फाइनलमा पुगेको छ ।
आर्मीले उपाधिका लागि आज हुने सुदुरपश्चिम ११ र एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ ।

फाइनल खेल पर्सि भोलि हुनेछ । प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ ।

Top