एम्बुलेन्स सेवाका लागि एउटै टेलिफोन नम्बर दिने सरकारकाे तयारी

काठमाण्डाैं, ३० पुस ।  सरकारले एम्बुलेन्स सेवाका लागि देशभर एउटै टेलिफोन नम्बरको प्रयोगका लागि प्रक्रिया अगाडि बढाएको छ । देशभरबाट ११२ नम्बरमा फोन गर्दा एम्बुलेन्स सेवामा फोन जाने गरी प्रक्रिया अघि बढेको हो ।

एम्बुलेन्स निर्देशका २०७३ को बुँदा नम्बर १२ मा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सञ्जालका लागि देशभर एकै टेलिफोन नम्बर रहने गरी व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

एम्बुलेन्स सञ्जालका लागि मन्त्रालयमा एक केन्द्रीय डिस्प्याच सेन्टर रहने र आवश्यकतानुसार अन्य स्थानमा पनि त्यस्ता सेन्टर रहन सक्ने निर्देशिकामा उल्लेख छ ।

यसअघि प्रहरीलाई फोन गर्नुपरे १००, दमकललाई फोन गर्नुपरे १०१, ट्राफिक प्रहरीलाई फोन गर्दा १०३, बालबालिका हराएमा १०४ र फोन नम्बरबारे जानकारी लिन १९७ को प्रयोग हुँदै आएको छ ।

Top