१३ प्रतिशत घरधुरी आधारभूत खानेपानीको पहुँच बाहिर

विनोद सिंह विष्ट ।

बैतडी, २९ पुस 
बैतडीमा अधिकांश खानेपानीका योजना जीर्ण हुँदा खानेपानीको समस्या भएको छ । जिल्लाका अधिकाँंश खानेपानी योजनाको समयमै मर्मत हुन नसक्दा समस्या आएको हो ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको तथ्यांक अनुसार ८७ दशमलब.६९प्र्रतिशत घरधुरीको आधारभूत खानेपानीमा पहुँच छ ।

तर अधिकांश खानेपानी योजनाहरु जीर्ण हुँदा खानेपानीको समस्या बल्झिदै गएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका डिभिजन प्रमुख मोहनबहादुर कुँवरले बताउनुभयो ।

‘जिल्लामा सन् २०१४ मा भएको एक सर्वे अनुसार ४० प्रतिशत योजनाहरु मर्मत गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । जिल्लामा साना ठूला गरेर अहिले सम्म १ हजार १८५ खानेपानीका योजना छन्

Top