स्वदेशमा नै रोजगारीको माग गर्दै राजधानीमा प्रर्दशन

काठमाण्डौ,२९ पुस । सरकारले स्वदेशमा रोजगारीको ग्यारेन्टी गरि वैदेशिक रोजगारको युवा बेच्न बन्द गर्नु पर्ने माग राख्दै राष्ट्रबादी केन्द्रले काठमाडौमा शक्ति प्रदर्शन गरेको छ । स्वदेशमै काम गरेर खान दे मूल नारा सहित नेपालको राष्ट्रिय झन्डा सहित सयौ युवाले प्रदर्शन गरेका हुन् ।
आयोजक राष्ट्रवादी केन्द्रले सरकारको कामले बैदेशिक हस्तक्षेप बढाएको र सनातन धर्म संस्कृतिकोरक्षाको लागि युवा आफै जुट्नुपर्ने भन्दै सडकमा आएको बताएको छ । वेरोजगारी अन्त्य गर्दै नेपालमा नै बसेर काम गर्ने बाताबरण नबनुन्जेल आफुहरु संघर्ष गरिरहने ¥यालीको नेतृत्व गरिरहनु भएका केन्द्रका अध्यक्ष चन्द्र बहादुर थापाले बताउनु भयो। देशको भविष्य मलेशिया कतारको श्रममा नभएर देश भित्र नै रहेको संदेश दिन पनि प्रदर्शन गरेको बताउनु भयो । आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रवादीहरुको हातमा राज्यसत्ता, बेरोजगार वर्गहरुको मुक्ति, जनजिविका समस्याको समाधान नभए सम्म आन्दोलन जारि रहने पनि अध्यक्ष थापाले बताउनु भयो ।स्वेदशमै काम गरेर खान दिन माग गर्दै भृकुटीमण्डपबाट निस्केको रयाली बसन्तपुर डबलीमा गएर सम्पन्न भएको थियो ।

Top