साउदीका महिला पहिलो पटक रंगशालामा पुग्दा…

एजेन्सी, २९ पुस – साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको प्यारापिटमा बस्न दिएको छ । महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा हिजो पहिलो पटक फुटबल खेलको दर्शकदीर्घामा महिलालाई बस्न दिइएको हो ।

जेद्धाह शहरस्थित रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित गएका थिए । साउदी अरेबियामा दशकौंदखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो । तर युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ ।

यस्तै युवराज बिनको योजना अनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा भएको छ ।

Top