सरकार वामगठबन्धन टुटाउन लागिपरेकाे एमाले नेता नेम्वाङकाे आरोप

काठमाण्डाैं ।  नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकार सत्ता हस्तान्तरण नगर्ने र वामगठबन्धन टुटाउन लागेको आरोप लगाउनुभएको छ ।

दोलखाबासीले जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेशसभासदस्यमा विजयी भएका प्रदेशसभा सदस्य र प्रतिनिधीसभा सदस्यका लागि राजधानीमा सनिबार आयोजना गरेको बधाई तथा शुभकामाना कार्यक्रममा नेता नेम्वाङले सरकार गठबन्धन टुटाउन लागिपरेको बताउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले गठबन्धनका नेतालाई तपाई ५ बर्ष सरकार चलाउनु हामी समर्थन गर्छौ भन्नुबाट सरकारको नियत स्पष्ट भएको दाबी गर्नुभयो ।

सत्तारुढ दलकै अर्का नेताले जसरी पनि बाम गठबन्धन टुटाउछु भन्दै हिडेको उल्लेख गर्दै उहाँले टुटाउने र फुटाउने खेलमा सरकार लागेको आरोप लगाउनुभयो ।

संविधानसभाका अध्यक्ष समेत रहेका नेता नेपाले वामगठबन्धनको एकता जनताबाट समेत अनुमोदित भईसकेकाले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने विश्वास दिलाउनुभयो ।

पार्टी अध्यक्ष स्वदेश फर्किएपछि पार्टी एकताका लागि छलफल तीब्र पारिने पनि उहाँले उल्लेख गर्नुभयो ।

Top