राष्ट्रिय परिचयपत्र बितरणको तयारी तीब्र

सरोज शर्मा

पाँचथर, २९ पुस ।

नेपालमा पहिलो पटक बितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र पाँचथरबाट बितरण थाल्ने सरकारको तयारी अनुसार काम तिब्र पारिएको छ ।

नेपालमा पहिलो पटक सिंहदरवार भित्रका कर्मचारी र पाँचथर जिल्लाका नागरिकका लागि बितरण गर्न लागिएको परिचयपत्रको पहिलो चरणको कार्य पुरा भएको राष्ट्रिय परिचय पत्र ब्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुबेदीले जानकारी दिए ।

“हामीले कार्य थालनी गरेको लामो समय भएको छैन । कार्यकारी निर्देशक सुबेदीले भने–यो अवधिमा पहिलो चरणमा गर्नु पर्ने सबै काम पुरा भएका छन ।” फिदिममा पत्रकारहरुका लागि जानकरी दिन अयोजना गरिएका कार्यक्रममा बोल्दै सुबेदीले भने, ” हामी यसो गर्दैछौ भनेर आम नागरिकलाई जानकरी दिनुनै पहिलो चरणको काम हाे ।”

२०६६÷०६७ यता राष्ट्रिय परिचय पत्रका बिषयमा कुरा उठ्दै आएको भए पनि यसबर्षबाट त्यसको बितरणको तयारी थालिएको हो । अन्य देशहरुको अभ्यासलाई हेरेर नेपाललाई सुहाउने गरी तयारी गरिएको कार्डलाई बितरण गर्न लागिएको हो । २०७१ यता नै नेपाल सरकारको तीन वटा मन्त्रिपरिषद बैठकबाट परिचयपत्र बितरणको कार्य थालनि गर्ने निर्णय भएको थियो ।

कार्डमा हाल दुई तरिकाका बिवरण समबेश हुने भए पनि भबिस्यमा त्यसलाई थप गर्दै लैजाने सरकरको तयारी छ । यस अघि सार्क राष्टमा भारत, पाकिस्तान, बंगालादेश र श्रीलंकाम यस्तो परिचयपत्रको ब्यवस्था भईसकेको छ । एसियका मात्रै २० मुलकमा यस्तो कार्ड प्रयोग हुँदै आएको छ ।

के के हुन्छ कार्डमा ?

२०७४ सालको अन्त्य सम्ममा बितरणको तयारीम रहेको कार्डमा हाल दुई प्रकासरका बिवरणलाई समाबेश गरिने भएको छ । ब्यक्तिगत बिवरण र जैबिक बिवरणलाई पहिलो चरणमा स्थान दिन लागिएको हो ।

ब्यक्तिगत बिवरणमा कार्ड पाउने ब्यक्तिको नामथर, पारिवरीक अवस्था लगायतका बिवरण समाबेश हुन्छ भने जैबिव बिबरणमा हातका दशै औलाको छाप, फोटो लगायतका बिवरण समाबेसको तयारी रहेको राष्ट्रिय परिचयपत्र ब्यस्थापन केन्द्रका इजिनियर राम थापाले जानकरी दिए ।

यसमा अन्य बिवरण थप गर्दै लैजाने प्रसस्त ठाउँ छन । उनले भने पहिलो चरणमा दुई वटा बिषय मात्रै समाबेश गरिएको हो । नेपालको नागरिकता लिएका र लिन उमेर पुगेकाहरुका लागि गरेर दुई तरिकाबाट कार्ड बितरणको तयारी गरिएको छ ।

के के भयो ?

राष्ट्रिय परिचय पत्र बितरणका लागि पाँचथर जिल्ला पहिलो चरणमा गर्नु पर्ने सबै काम पुरा भएको छ ।

पहिलो चरणमा केन्द्रलले जानकारी मुलक काम सम्पन्न गरेको छ । यस क्रममा जिल्लाको फिदिम नगरपालिकालाई पहिलो चरणमा राखेर नगरका सबै वडाका प्रमुख सहितका निर्वाचित प्रतिनिधिहरुलाई जानकारी गराएको छ । उक्त कार्यक्रम दुई दिन सम्म चलेको थियो । त्यस पछि जिल्लामा रहेका सरकारी कायालयका कर्मचारीहरुका लागि जनाकरीमुलक कार्यक्रमको आयोजना गरिएको थियो ।
पछिल्लो पटक पत्रकारहरुका लागि त्यस्तो कार्यक्रमको आयोजना गरिएको छ ।

पाँचथरमा कुल १ लाख १७ हजार कार्ड मध्ये १ लाख १० हजार कार्ड बितरण गरिने छ । पहिलो चरणमा जारी हुन लागेको १ लाख १७ हजार मध्ये ७० हजार कार्ड सिंहदरवारका कर्मचारीहरुका लागि बितरण गर्न लागिएको छ ।

पहिलो चरणको काम सकिनासाथ अव पाँचथरका अन्य सात गाउँपालिकामा पनि सोही प्रकृतिको कार्यक्रम लैजाने तयारी भइरहेको छ । जानकरी मुलक कार्यक्रम पछि दोस्रो तरणमा बिवरण संकलनको कार्य गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि हुमागाइले जानकारी दिइन ।
तस्विर–परिचयपत्र बितरणको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा सहभागी ।

Top