यसकारण गए प्रधानमन्त्री देउवा कञ्चनपुर !

काठमाडौ,२९ पुस – प्रधानमन्त्री शेरबहादुर देउवा दिक्षान्त समारोहमा सहभागि कञ्चनपुरको महेन्द्रनगर पुग्नुभएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आज हुने दिक्षान्त समारोहमा सहभागि हुन देउवा कञ्चनपुर पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवा आज दिक्षान्त समारोहमा सहभागि हुने र भोलि कैलालीको गोदावरी धाममा सुरु हुने बाह्रराशी दर्शन मकर मेलामा सहभागि हुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री विश्वविद्यालयको पदेन कुलपति हुने ब्यवस्था रहेको छ । प्रधनमन्त्रीसँगै शिक्षामन्त्री गोपालमान श्रेष्ठ पनि दीक्षान्त समारोहका लागि कञ्चनपुर पुग्नु भएको छ ।

Top