निर्वाचन अधिकृतको कार्यलयले थाले काम

काठमाडौ, २९ पुस  – राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यलयले आजदेखि आफ्नो काम सुरु गर्ने भएको छ ।

सरकारले आगामी माघ २४ गते निर्वाचनको मिति तय गरेपछि आयोग निर्वाचनको कार्यमा जुटेको छ । आयोगका प्रवक्ता नवराज ढकालले आजदेखि निर्वाचन अधिकृतको कार्यलयले काम सुरु गर्ने जानकारी दिनुभयो ।

आयोगले सम्बन्धित प्रदेशमा उच्च अदालत रहेको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी माघ ७ गतेबाट लागु हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको आयोगले माघ १० गते मनोनयन दर्ता र माघ २४ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।

Top