तुवाँलोले मुगुको जनजीवन प्रभावित

नन्द बहादुर रोकाया,

२९ पुस, मुगु । मुगुमा केही दिन देखि लागेको बाक्लो तुवाँलोले गर्दा मुगुको जनजीवन प्रभावित भएको छ । तुवाँललोले पुरै डाँडाकाँडा नै ढाकेपछि मुगुको जनजिवन प्रभाभित भएको हो ।

तुवाँलोले छपकै छोपेपछि मुगुका नागरिकमा श्वासप्रश्वासमा कठिनाइ हुने, आँखा हेर्दा पोल्ने जस्ता समस्या समेत हुने गरेकोे र दिर्ग रोगी हरुलाई तुवाँलाले झनै असर गरेको स्थानीयले बताएका छन ।

तुवाँलो पहिलका बर्षमा लागेको भएपनी यो बर्ष जस्तोे स्वास्थ्य लाई असर पर्ने गरी कहिल्यै तुवाँलो लागेको थाहा नपाएको र यो पटक त तुवाँलोले आँखा पोल्ने पीरो महसुस हुने गरेको स्थानीयको भनाई रहेको छ ।

तुवाँलोले सदरमुकाम गमगढी आसपास क्षेत्रका साथै हिमाली भेगमा पनि असर पारेको छ । मुगुमा तुवाँलो बढ्दै गहेको र तुवाँलालेले मुगका नागरिकलाई प्रत्यक्ष असर पार्न थालेकाले मुगुका नागरिक लाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यलय मुगुले सबैमा आग्रह गरेको छ ।

आज भोली चिसो संगै तुवाँलोले जिल्ला स्वास्थ्य कार्यलय लगायत स्वास्थ्य संस्थाहरुमा दैनिक तिन चार जना जति आँखाको समस्या लिएर बिरामीहरु पुग्ने गरेकाले सबैमा सचेत रहन अनुरोध गरीएको जिल्ला स्वास्थ्य कार्यलय मुगुका सुचना अधिकारी बलीराज बुढाले बताउनुभयो ।

त्यसैले यस्तो बेला दिर्ग रोगी हरु दम,पिनास आँखाका बिरामी हरुले धेरै बाहिर नहिंड्न, बालबालिकालाई सकेसम्म घरमै राख्न तथा अरु सचेतताका उपाय अपनाउन र समस्या भए तुरुन्तै नजिकै रहेका स्वास्थ्य संस्था लगाय जिल्ला स्वास्थ्य कार्यलयमा आई उपचारा गराउन समेत आग्रह गरीएको सुचना अधिकारी बुढाको भनाई छ ।

यसै बिच मुगुमा जनचेतनाको अभावले वनजंगलमा जथाभाबि आगो लगाउनले पनी यस्तो समस्या भएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ भामवाडा गाउँका मक्कर भामले बताउनुभयो ।

उहाँका अनुसार जगंलमा आगो लगाए नयाँ घांस पलाउने भन्दै स्थानीयले जगंलमा यो समयमा आगो लगाउने गर्नाले पनी तुवाँलो झनै बढ्दैगहेको र तुवाँलोले नागरिकलाई प्रत्यक्ष असर पारेको भामको भनाई रहेको छ ।

वनजंगलमा आगो लगाउन हुदैन जब सम्म वन रहन्छ तब सम्म जिवन रहन्छ भन्ने कुरा स्थानीयमा थाहा हुदाँपनी स्थानीलले जंगलमा आगो लगाउन भने छोड्का छैनन,। बुझेर पनी बुझ पचाउने समाज र सम्बन्धित निकायले कडा कार्वाहि गर्न नस्कदापनी दिन प्रतिदिन जथाभाबी जंगलमा आगो लगाउने घट्ना बढ्दै गहेका छन ।

Top