खप्तड गोल्डकपः को-को खेल्दैछन् सेमिफाइनलमा

काठमाडौं, २९ पुस – धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज मनाङ र आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । दुई टोली बीचको प्रतिस्पर्धा धनगढीस्थित स्थानिय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा मनाङ–मर्स्याङ्दी क्लब  प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको अन्तिम क्वार्टरफाइनल खेलमा रुपन्देही–११ माथि शानदार जित निकाल्दै साविक विजेता मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

आयोजक सुदूरपश्चिम–११, सशस्त्र प्रहरीको एपीएफ क्लब, त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । १२ टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ ।

Top