कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड

काठमाडौं,२९ पुस– राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएको कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डको बैठक बस्दै छ । नतिजा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ ।
एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ, भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ ।   चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन् ।

Top