सुदुरपश्चिम खप्तड गोल्डकपमा आज को-को खेल्दैछन्

काठमाडौं, २८ पुस – धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनल खेल अन्तर्गत आज रुपन्दही–११ र मनाङ मस्र्याङदी क्लवबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोली बीचको प्रतिस्पर्धा धनगढीस्थित स्थानिय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ ।

यसअघि हिजो भएको दोस्रो क्वाटरफाईनलमा त्रिभुवन आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो ।

१२ टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ ।

Top