मन्त्रिपरिषद्को बैठक जारी, प्रदेश प्रमुखको टुंगो लाग्ला त ?

काठमाडाैं, २८ पुस – मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा शुरु भएको छ । जारी बैठकले प्रदेश प्रमुखको सिफारिस र अस्थायी राजधानी तोक्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभभयो ।

दलहरूबीच यसअघि प्रदेश प्रमुख तोक्ने विषयमा मोटामोटी सहमति भएपनि अस्थायी राजधानी तोक्ने विषय भने अन्यौलमा परेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख तोक्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारले प्रदेश प्रमुखमा सामाजिक क्षेत्रमा योगदान पु¥याएका तथा बौद्धिक छवि भएका व्यक्तिलाई मनोनयन गर्ने तयारी गरेको छ ।

उच्च स्रोतका अनुसार प्रदेश प्रमुखमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त, पूर्वप्रधानसेनापति, पूर्वमुख्य सचिव र सामाजिक अभियन्ताहरू मध्येबाट प्रमुखमा सिफारिस हुनेछन् ।

कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेश प्रमुखका विषयमा आन्तरिक छलफल भएकाले बैठकले त्यसलाई अनुमोदन गर्ने बताउनुभयो ।

Top