भारोत्तोलन च्याम्पियनसिपमा दिनेश श्रेष्ठकाे नयाँ किर्तिमान कायम

काठमाण्डाैं, २८ पुस । राखेप च्याम्पियनसिप २०७४ अन्तरगतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नेपाली सेनाका दिनेश श्रेष्ठले १९ बर्ष अघिको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान राखेका छन् ।

यसअघि मदन शिबभक्तिको नाममा १२१ केजीको किर्तिमान कायम रहेको थियो । १०५ केजी तौलमा स्नाच तर्फ श्रेष्ठले किर्तिमान बनाएका हुन् । स्नाच तर्फ नेपाल प्रहरीका सन्देश गुरुङ्गले १०० केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए ।

क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पाए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे । नेपाल प्रहरीका सन्देश गुरुङ्गले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।

पोखराको उद्योग बाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङ्गले १०५ केजी माथीको तौलमा आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे ।

Top