भाइरलको प्रकोपः औषधि नभएपछि उपचारमा कठिनाइ

जाजरकोट, २८ पुस – जाजरकोटको विकट जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल ज्वरोका कारण सर्वसाधन समस्यामा परेका छन् । तीन सातादेखि फैलिएको भाइरलका कारण अहिले सम्म करिब १ हजार ५ सयभन्दा बढी बिरामी परेको स्वास्थ्य संस्थाले जनाएका छन् । जुनीचाँदेका १, २, ३ र ११ वडामा ज्वरो फैलिएको छ ।

अधिकाँसमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पखाला लाग्नेलगायत समस्याले बिरामी थलिएको उपचारमा संलग्न डा. पवन शाक्यले बताउनुभयो । जिल्ला जनस्वास्थ्य प्रमुख रामबहादुर नेपालीले आजै भाइरलको प्रकोप नियन्त्रणका लागि आवश्यक औषधि र विशेषज्ञ चिकित्सकसहित दुई दर्जन स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पुग्ने बताउनुभयो ।

भाइरलका कारण ५ वर्षमुनिका बालबालिका र दीर्घ रोगका बिरामीमा कडाखालको संक्रमण पाइएको डाक्टर शाक्यले बताउनुभयो । शंक्रमणको चाप बढेपछि अहिले स्वास्थ्यकर्मी घरघरमा पुगेर समेत बिरामीको उपचार गर्ने गरेका छन् ।

Top