बैतडीका स्टाफ नर्स पनि आन्दोलित

विनोदसिंह विष्ट ।
बैतडी, २८ पुस – जिल्ला अस्पताल बैतडीका नर्सिङ स्टाफहरुले हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् । नेपाल नर्सिङ संघको केन्द्रिय कार्यक्रम अनुसार विरोध जनाउँदै सेवा दिईरहेको जिल्ला अस्पताल बैतडीका स्टाफ नर्स जमुना प्रटेलले जानकारी दिनुभयो ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत स्टाफ नर्स त्रजिना जतिमाथि भएको अन्यायको विरोधमा नर्सिङ सघले आन्दोलनका कार्यक्रम शुरु गरेको र संघर्षका कार्यक्रमलाई बैतडीमा सञ्चालन गरेको स्टाफ नर्स प्रटेलले बताउनुभयो । संघर्षका कार्यक्रम अनुसार शुक्रवार जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्ड लाई ज्ञापन पत्र बुझाइएको र आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइने उहाँले जानकारी दिनुभयो ।

नर्सिङ संघको केन्द्य्रिय समितिको संघषका कार्यक्रम अन्तर्गत आजदेखि ३० गते सम्म १ घण्टा ड्युटी नगर्ने, माघ १ देृखि ३ गते सम्म ३ घण्टा ड्युटी नगर्ने, माघ ४ गतेदेखि ६ गतेसम्म बिहान ४ बजेदेखि ८ बजेसम्म ड्युटी नगर्ने जनाइएको छ । सोही कार्यक्रम अनुसार जिल्लामा पनि संघर्षका कार्यक्रम गरिने स्टाफ नर्स प्रटेलले जानकारी दिनुभयो ।

Top