बँदेलले हिउँदेबाली र तरकारी खेती नष्ट

विनोदसिंह विष्ट ।
बैतडी, २८ पुस – बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ धुलिधारमा जंगली बँदेलले हिउँदेबाली र तरकारी खेती नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।

बारीमा लगाएको आलु जंगली बँदलेल रातीको समयमा खाएर सखाप गरेको स्थानीयबासी खेमराज अवस्थीले जानकारी दिनुभयो । आफ्नो जमीनमा लगाएको करीब २० हजार बराबरको आलु जंगली बँदलेले नष्ट गरेको उहाँले बताउनुभयो ।

जंगली बदेलले खेतमा लगाएको बालीनाली हिउँद तथा बर्षातको समयमा नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । बारीमा लगाएको सबै बालीहरु जंगली बँदलले नष्ट गर्न थालेपछि उनीहरु हैरान बनेका हुन् ।

Top