एन्फा नवलपरासीको अध्यक्षमा प्रकाश पंगेनी निर्वाचित

नवलपरासी,२८ पुस । जिल्ला फुटबल संघ नवलपरासीको अध्यक्षमा प्रकाश पंगेनी पुनः निर्वाचित हुनु भएको छ । संघको चौथो अधिवेशनबाट पंगेनी निर्विरोध अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

आज सम्पन्न सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक डोलराज भण्डारीले जानकारी दिनु भयो ।

कार्यसमितिको उपाध्यक्षमा मेघराज पाण्डे, धनबहादुर गुरुङ्ग र ज्ञानु गुरुङ्ग रहनु भएको छ । सदस्यमा हरिबहादुर थापा, मिलनकुमार गुरुङ्ग, तिर्थराज डुम्रे, घनश्याम पौडेल, सुरजकुमार कोहार, राजु जि.शि., लोकबहादुर थापा र कला महतो रहनु भएको छ ।

स्थानीय खेलाडीको उत्पादन र पवद्र्धनमा जिल्ला तहका खेलकुद समितिको महत्वपूर्ण भूमिका नयाँ कार्यसमितिले अठोट लिएको छ ।

Top