प्रधानन्यायाधीश पराजुलीबारे बारले धारणा सार्वजनिक गर्दै

काठमाडौं, २८ पुस – सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएपछि नेपाल बार एशोसिएशनले आज आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ ।

सल्लाहकार र कार्यसमितिका सदस्यहरुसँग छलफल गरी सचिवालयको बैठकपछि धारणा सार्वजनिक गरिने अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्दामा सुनुवाईका क्रममा सर्वोच्च अदालतले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उहाँको हैसियत के हुने भन्ने प्रश्न उब्जेको छ ।

Top