दुर्गमका महिलाहरुका लागि गर्जो टार्न सहयोगी बन्दै सामुहिक बचत

राजन रावत ।

हुम्ला,२८ पुस – न्युुन आय श्रोत भएका दुुर्गमका महिलाहरुका लागि सामुुहिक बचत आयआजर्न ता दैनिक गर्जो टार्ने गतिलो माध्यम वनेको छ । यसले गर्दा महिलाहरुलाई स्यानो तिनो व्यापार तथा घरयासी खर्च जुटाउन सहयोगी वन्न थाले पछि महिलाहरु सस्तो ब्याजदरको सामुहिक बचत प्रति आकर्षित भएका हुन ।

ताँजाकोट गाँउपालिका वडा नम्वर ३ समाज सुुधार समुुहका अध्यक्ष जयकला शाहीले गाँउ घरमा वस्ने महिलाहरु सामुहिक बचतवाट संकलित रकमको धेरै उपयोग गर्न थालेको बताउनुभयो ।

२० जनाको समुहमा मासिक एक सय रुपैया बचत गर्ने गरेको सात वर्ष भयो र अहिले समुुहमा करिव पाँच लाख नगद भएकोले महिला सदस्यहरुले सानातिना आयआर्जन र घर खर्च जुुटाउनका लागि ऋण लिन सहज भएको बताउनुुभयो ।

समुहमा बचत भएको पैसाले सस्तो व्याज दरमा महिला सदस्यलाई आय आर्जन तथा आवश्यक परे घरयासी खर्चका लागि पनि अवस्था हेरेर ऋण लगानी गर्ने गरेको र आफ्ना सदस्यहरुलाई साहुुको महंगो व्याजदरवाट मुुक्ती मिलेको अध्यक्ष शाहीले बताउनुभयो ।
साढे चार लाख रुपैयाँ बचत भएकोे सिमकोट गाँउपालिका वडा नम्वर पाँचको वाँडपाल महिला समुुहले ऋण लगानी गरेर आफ्ना सदस्यहरुको आयश्रोत वृृद्धिमा सहयोग पुुगेको सो समुुहका अध्यक्ष केसीकला रावतले बताउनुभयो ।

ऋणी सदस्यलाई मासिक एक प्रतिशतमा लगानी गरि रहेको र उनीहरुलाई गदा व्यवसाय, तरकारी खेती खसी व्यापारमा लगानी गरिरहेको उहाँले बताउनुभयो ।

अहिले सो समुुहका सदस्यहरुलाई आवश्यक परेको वेला विना जमानी ऋण पाउदा काम गर्न सहज भएको उहाँले बताउनुभयो ।
हुम्लाका महिला समुुहहरु सामुुहिक वचत त गर्छन नै, आफुुले पाउने कामवाट उठेको पैसा पनि सामुुहिक वचत मै जम्मा गर्ने गरेको सामुदायीक विकास कार्यक्रमका फिल्ड संयोजक तीर्थराज भण्डारीले बताउनुभयो ।

नाम्खा गाँउ पालिकाको रिग्या नागरिक सचेतना केन्द्रले विकासे योजना निर्माण गरेर आएको पैसा सामुुहिक वचतमा जम्मा गरेर सदहस्यहरुको आय आर्जनमा सस्तो ऋणमा लगानी गर्ने गरेको उहाँले बताउनुभयो । सो समुुहमा ढाई लाख वचत भएको उहाँले बताउनुभयो ।

जिल्लामा आय आर्जनका क्षेत्रमा काम गर्ने काम गर्ने सरकारी तथा गैससहरुले सात वटा गाँउ पालिकाका ४४ वटै वडाहरुमा महिला समुह वनाएर सामुुहिक बचत गर्न सहजिकरण गरि रहेको सीप नेपालको जिल्ड संयोजक काली वहादुुर भण्डारीले बताउनुभयो । जसले गर्दा हुुम्लाका अधिकाँस महिलाहरु कुनै न कुनै महिला वचत समुुहमा आवद्ध भएर बचतवाट संकलित रकमबाट लावान्भित हुँदै आएका छन ।

Top