डा. केसीको मुद्दामा बार एशोसिएसनद्वारा प्रधानन्यायाधीश पराजुलीको बचाउ

काठमाण्डाैं, २८ पुस । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाउ गरेको छ । डा. गोबीन्द केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे बारले धारणा सार्वजनिक गर्दै पराजुलीको बचाउ गरेको हो । साथै अनसन बसेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई उसले आग्रह समेत गरेको छ ।

अदालतको आदेशलाई सबैले पालना गर्नुपर्ने भन्दै बारले अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी मात्र नगरी व्यक्तिगत लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको बताएको छ ।

बारले कुनै मुद्धामा न्यायाधीशविरुद्ध उजुरी गर्नु परे न्याय परिषद् जानुपर्ने कानुनी व्यवस्था पनि स्मरण गराएको छ । बार एशोसिएसनले डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत पनि गरेको छ ।

Top