कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

काठमाडाैं, २८ पुस – सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।

समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले शुक्रबार मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाशमा जाने कर्मचारीको प्याकेज घोषणा गर्ने बताए ।

‘कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ,’ उनले भने, ‘शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै हामी त्यही दिन राजपत्रमा सूचना जारी गर्ने तयारीमा छौँ ।’

सरकारले निजामती सेवामा २० वर्ष सेवा अवधि पूरा गरेका र ५० वर्ष उमेर पूरा गरेका कर्मचारीलाई त्यस्तो सुविधा दिन लागेको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

Top