एमाले नेता माधव कुमार नेपाल किन गए बंगलादेश ?

काठमाडौं, २८ पुस – नेकपा एमालेका नेता माधव कुमार नेपाल आजदेखि बंगलादेशको राजधानी ढाकामा हुने ‘आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान’सहभागी हुनुहुने भएको छ ।

मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुईदिने अभियानमा सहभागि हुन नेता नेपाल हिजो नै बंगलादेश जानुभएको हो ।
बैठकमा नेपाल सहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चासहित दलका २० जना सहभागी हुनुभएको नेता नेपालका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिनुभयो ।

बैठकमा एशियाका २० देशका कम्युनिष्ट पार्टीको सहभागिता हुनेछ । बैठकले २१ औँ शताब्दीमा समाजवादको चुनौती र प्रजातन्त्रमा जनताले जीविकोपार्जनका लागि गरेको संघर्षका बारेमा छलफल गरिने भएको छ । अभियानमा सहभागि भएर नेता नेता नेपाल यही माघ १ गते स्वदेश फर्कन कार्यतालिका छ ।

Top