महिला राष्ट्रिय फुटबलको सुपरलिग अन्तर्गत पहिलो खेलमा नेपाल आर्मी विजयी

काठमाण्डौँ,२७ पुस । महिला राष्ट्रिय फुटबलको सुपरलिग अन्तर्गत भएको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ ।

एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ७–० गोल अन्तरले पराजित गरेको हो । आर्मीका लागि कृष्णा खत्री एक्लैले ५ गोल गरिन् भने शर्मिला थापा मगर र विमला चौधरीले एक एक गोल गरिन् ।

जितपछि आर्मीको ६ अंक भएको छ भने सुपरलिगमा लगातार पराजित भएको सुदूरपश्चिम अंकविहीन छ ।

Top