दुुर्गमका संचारकर्मीलाई समचार सम्प्रेषण गर्न कठिन

राजन रावत
हुम्ला,२७ पुस । अहिलेको संचारको युुगमा संचारकर्मीलाई समाचार समप्रेषण गर्न कठिन भन्दा अचम्म लाग्ला तर दुुर्गमका संचारकर्मीलाई यो समस्या अहिले पनि ज्यूका त्यू रहेको छ । नेपाल टेलिकमले इन्टरनेट सेवा विस्तार गर्न नसके पछि हुम्लाका संचारकर्मीहरु यो समस्याबाट बढि पिडित भएका हुन ।

नेपाल टेलिकमले वितरण गरेको सिमित इन्टरनेट सेवा जिल्लाका कुुनै पनि संचारकर्मीले पाउन नसकेको पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुुन बाेहोराले बताउनुु भयो । जसले गर्दा जिल्लाका सबैखाले संचारकर्मीलाई जिल्ला बाहिर समाचार पठाउन समस्या हुने गरेको उहाँले बताउनुु भयो ।

जसो तसो नेटको पहुुँच भएको ठाँउमा गएर समचार पठाउन लाग्दा पनि नेट स्लोले गर्दा घण्टौसम्म वसेर न्यूज पठाउनुु पर्ने वाध्याता रहेको उहाँले बताउनुु भयो ।

एकातिर भौगोलिक विकटताले जिल्लाका कुना कन्दरामा संचारकर्मीलाई जानै कठिन, गएर समाचार तयार पारे पनि पठाउने समस्याले गर्दा हुम्लाका संचारकर्मी दोहोरो मारमा पर्ने गरेको पत्रकार मिमसिंह नेपालीले बताउनुु भयो । तीन वर्ष अगाडी इन्टरनेटको पार्टका लागि टेलिकममा निवेदन हाले पनि हालसम्म नपाएको नेपालीले बताउनुु भयो । वरु टेलिकमले माथि वाटै नआएको जवाफ दिएर पन्छिने गरेको उहाँले गुुनासो गर्नु भयो ।

पत्रकारिता पेशा रोजे पछि समाचार सम्प्रेषण गर्न नसे पछि नाम मात्रको संचारकर्मी भन्ने भनाई पनि हुम्लाका संचारकर्मीले नखाएका होइनन् । यसले गर्दा धेरै पिडा र समस्या भोग्नुु त दुुर्गमका संचारकर्मीको सामान्य जस्तै भै सकेको छ । अर्को जेनतेन नेट सेवा भएका वेला लोड सेडिङको समस्याले गर्दा पनि संचारकर्मी समस्या खेप्नुु परेको छ ।

अहिले जिल्लामा आधा दर्जन भन्दा बढि राष्ट्रिय स्तरका पत्रिका, टिभी, रेडियो र अनलाईनमा काम गर्ने संचारकर्मी रहेका छन । उनीहरु सबैले समचार पठाउनुु पर्यो भने दुुई वटा सामुुदायीक रेडियो, साईवर वा सरकारी तथा गैरसरकारी निकायका कार्यालयमा गएर काम गर्नु परेको इन्सेक प्रतिनिधि नन्द सिंहले बताउनुु भयो ।

विशेष गरेर सरकारी तथा गैर सरकारी कार्यालयहरुले सधै जाँदा राम्रो व्यवहार नगर्ने गरेको बताउनुु भयो । जसोतसो समचार पाए बनायो तर पठाउने समस्याले कहिले कँही त यो पेशा नै परिवर्तन गर्ने सोच आउने गरेको उहाँले बताउनुु भयो । नेपाल टेलिकम सिमकोट शाखाले हालसम्म जम्मा ९६ वटा इनटरनेटका पोर्टहरु वितरण गरेको छ । ती पनि सवै सरकारी तथा गैर सरकारी कार्यालय र पहुुँचवालाले मात्र पाएका छन भने पत्रकार महासंघ हुुम्ला शाखाले पनि सो पोर्ट पाउन सकेको छैन ।
जिल्लामा पनि सर्केगार्ड गाँउ पालिकाको केन्द्र सर्केगार्ड र अदानचुुली गाँउपालिकाको श्रीनगरमा इन्टरनेटको पहुुँच केही भए पनि एकदमै स्लो हुुँदा गाँउबाट सदरमुुकाम सिमकोटका रेडियोमा समाचार पठाउन नसकेको संचारकर्मी नरजंग तामाङले बताउनुु भयो । मोबार्इल  सेवाले पनि राम्रो काम नगर्दा मोबार्इल लाग्ने अग्लो ठाँउमा गएर समाचार टिपाउने गरेको तामाङले बताउनुु भयो ।

चार पटकसम्म इन्टरनेटको पोर्ट विस्तारका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजमा पत्रकार गर्दा पनि हुुनै सुुनुुवाई हुन नसकेको टेलिकम उहम्लाका प्रमुुख राम बहादुुर खातीले बताउनुु भयो । क्षेत्रीय कार्यालयबाट नत प्रतिकृृर्या आउँछ नत समस्या समधान नै गर्न नसकेको उहाँले बताउनुु भयो ।

टेलिकममा इन्टरनेट सेवा उपलव्ध गराई पाँउ भनेर व्यक्तिगत तथा संस्थागत रुपमा निवेदनका चाँङ लागेको भए पनि आफुुले केही गर्न नसक्ने उहाँले बताउनुु भयो । थ्री जी र डाटाबाट पनि नेट सेवा गतिलो संचालन नहुुँदा हुम्लामा समस्या देखिएको टेलिकमले जनाएको छ ।

Top