डोल्पामा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा

काठमाडौ, २७ पुस  – डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमामा गएराति लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ९ घर जलेर नष्ट भएका छन् । आगोले ९ घर जलेर नष्ट भएको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी वमबहादुर केसीले जानकारी दिनुभयो ।

घटनास्थल सदरमुकामबाट २ दिनको पैदल यात्रापछि मात्रै पुग्न सकिने भएकाले विस्तृत विवरण आइनसकेको केसीले बताउनुभयो ।

आगलागी भएको स्थानमा पानी नभएकाले नियन्त्रणमा लिन लामो समय लागेको बताइएको छ । नियन्त्रणमा प्रहरी र स्थानीय खटिएका थिए । मौसमी कारणले आगलागी भएको अनुमान गरिए प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Top