खप्तड गोल्डकप- त्रिभुवन आर्मी र थ्रीस्टार क्लब खेल्दै

काठमाडौ २७ पुस- धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच खेल हुने भएको छ ।

यी दुई टोली बीचको प्रतिस्पर्धा धनगढिस्थित स्थानीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।यसअघि हिजो भएको खेलमा विभागीय टोली एपिएफ सङ्कटालाई पराजित गर्दै सेमिफाइनमा पुगेको छ ।

एपिएफले सङ्कटालाई शून्यका विरुद्ध २ गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो । १२ टोली सहभागी प्रतियोगिताको उपाधि बिजेताले ११ लाख ११ हजार तथा उपबिजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ हात पार्नेछ ।

पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुने संयोजक ओमविक्रम चन्दले जानकारी दिए ।

Top